Who We Are

पौराणिक समय देखि मनिष र कुकुर बिचको सम्बन्ध गासिएको र कुकुरको बफादारिता एबम विश्वास हालसम्म पनि यथावत् रही आएको छ | कुकुरले मानिसप्रति गर्ने नि:स्वार्थ माया, सेवा, विश्वास, सुरक्षा एउटा विशिस्ट सामाजिक उदहारण हो | आजको समयमा यही उदहारणलाई यथावत ल्याउन The kennel प्रतिवद्ध भई लागिरहेको छ | वि.स. २०६५ The Kennel Club को रुपमा स्थापना भई आफ्नो कार्य संचालनमा ल्याई उद्देश्यलाई द्रुतरुपमा पुरा गर्न विभिन्न थप सेवा-सुविधासहित एउटा पूर्ण (One Stop Solution for Dogs) संस्थाको रुपमा विकसित भएको छ | २०६५ साल कार्तिक १ गतेबाट The Kennel Club को रुपमा स्थापना भई सेवा प्रदान गर्दै आएको यस संस्था हालै मात्र The Kennel को रुपमा नामकरण गरिएको सम्पूर्ण महानुभावहरुलाई जानकारी गराउदछौ |

Our Objective

हाम्रो शहरमा रहेका बिभिन्न जातका कुकुरहरुलाइ उचित सेवा सुबिधा र रेखदेखको व्यवस्था सहित दिनानु-दिन बढिरहेको भुस्याहा कुकुरहरु र बेवारिसे रुपमा बाटोमा भएका असक्त कुकुरहरुको लागि केहि प्रतिसत रकम छुट्याएर उपचार गर्ने र स्वस्थ भुसिया कुकुरहरुलाई निसुल्क रेबिज खोप लगाई रेबिज मुक्त सहर बनाउनु र कुकुरपालनलाइ ब्यबसथित गराउनु संस्थाको मूल उदेश्य रहेको छ।  घर पालुवा कुकुरहरु पनि विभिन्न बृकिर्तिका कारण र अनुभबी पशु-चिकित्सक तथा प्रबिदिकहरुको अभाबले उचित औसधि उपचार नपाएर अकालमै मृतु हुने गरेको पाइन्छ तसर्थ दक्ष्य तथा अनुभवी पशु चिकित्सक द्वारा कुकुरलाई आवस्यक पर्ने सम्पूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुका साथै समुन्नत सेवामा अग्रहनिय भूमिका निर्वाह गर्दै २४ घन्टे हस्पिटलको साथमा उच्चस्तरिय सेवा सुविधासहितका सेवाहरु यस संस्थाले व्यवस्था गरेको छ।