What We Do

Choose How You Want Us to Care for Your Pet!

Counselling

कुकुर प्रेमी तथा पालकहरुको समुदायलाइ आवस्यक पर्ने कुकुर सम्बन्धि विभिन्न किसिमका आवस्यक सल्लाह-सुझाब यस संस्थाबाट Professional Counsellor द्वारा तपाइको घर वा केनलमा प्रतक्ष्यरुपमा प्रदान गरिने छ।

Pet Buying

येदि तपाईसंग भएका कुकुरका छाउरा-छाउरि Pure-Breed Certify गरि हाम्रो Breed Warden हरुले सिफारिस गरेमा हामीलाई बिक्रि गर्न सक्नुहुनेछ।

Pet Training

आफुले पालेको कुकुरहरुलाई सन्तुलित तथा आज्ञाकारी बनाउन आवस्येक हुने भएकोले तपाईहरुको सुबिधाको लागि यस केनेल को दक्ष्य Trainer व्यवस्था गरि न्युनतम शुल्कमा तालिम दिने व्यवस्था गरेको छ। 

Grooming

मौसम अनुकुल कुकुरलाई नुहाईदिने तथा आवस्यक Beauty Grooming आफ्नै विसेस Cannie Parlour मा दक्ष्य प्रबिधिबाट सेवा उपलब्द छ।

24 Hours hospital Service

यहाँहरुको सेवा सुविधालाई मध्यनजरमा राखी The Kennel ले कुकुरहरुलाई आवश्यक पर्ने सम्पूर्ण Veterinary Equipment र अनुभवी तथा दक्ष पशु चिकित्सक सहित चौविसे घण्टे अस्पताल सुविधा संचालनमा ल्याएको छ | 

हाम्रा सेवाहरु 

  • Emergency 

  • Ward Facilities

  • Pathology

  • Ultrasound

  • OPD

  • X-ray

  • ECG

Ambulance on call

यहाँहरुले माया गरेर पाल्नुभएको कुकुर बिरामी हुदा वा अप्ठेरोमा पर्दा हामीले तपाईकै ठाउँबाट हस्पिटलसम्म ल्याउनको लागी एम्वुलेन्सको व्यवस्था गरेका छौ |

Dispose Facility

मरी सकेको कुकुरहरुलाई सुरक्षित स्थानमा सम्बन्धित निकायको समन्वयनमा शहर भित्र वा बाहिर रहेका सुरक्षित स्थानमा गाडिने गरिन्छ |

Housecall Vaccination & Medication

अनुभवी पशु प्राविधिक तथा चिकित्सकहरुबाट २४ सै घण्टा उचित (2-8C) तापक्रम भण्डारण गरिएका (Rabies, Distemper, Corona Vaccine) खोपको व्यवस्था तथा घरदैलोमा प्राथमिक उपचार सेवा |  

Castration and Spying

तपाईले आफ्नो घरमा राखेका घर पालुवा कुकुरहरुलाई अनिवार्य रुपमा परिवार नियोजन गर्नुपर्दछ | परिवार नियोजन गर्दा कुकुरहरु आज्ञाकारी हुनुका साथै घरको रेखदेख अझ होशियारी साथ गर्दछ |

Selling

Pure breeded Certificate को पूर्ण स्वास्थ परिक्ष्यन गराएर उच्च नसलका छाउरा-छाउरिको बिक्रि पश्चात ४ महिना भित्र मृतु भएमा The Kennel ले निर्धारण गरेको मूल्यको ५०% रकम बेहोरीने व्यवस्था र Pure Breed नभएको खण्डमा 100% Money Back Guarantee.

Mating

केनेलमा रहेका उच्च जातका कुकुरहरु तथा केनेलका सम्पर्कमा रहेका भाले/पोथीलाइ उपयुक्त Mating Partner को व्यवस्था गरिनेछ र जसमा निर्धारित सेवा शुल्क र सर्तहरु लागु हुनेछन्। यो सुबिधा उपभोग गर्नुहुने ग्राहकको उत्पादन गर्नुभएका Puppies हामीले नै खरिद गर्ने छौ।

Boarding

येदि घर छाडी कतै जानु परेमा वा कुकुरको विसेष हेरचाह गर्नुपर्ने अवस्थामा हामी उचित शुल्कमा हाम्रो आफ्नै केनलमा तपाइहरुको कुकुर सुरक्षितरुपमा राख्ने व्यवस्था छ। (कुकुर राख्ने स्थान/केनल तपाईहरु आफै हेरेर मात्र राख्नुहोला।)

Kennel Accessories and Dog Foods

कुकुरको लागि आवस्यक पर्ने सम्पूर्ण सामग्रीहरु जस्तै ब्रुष, शम्पू, चैन, जुत्ता, कपडा तथा विभिन्न ब्रान्डका Dog Foods एकै स्थानमा उपलब्द छ।